Wednesday, June 23, 2010

पिडा


सोचे सधैं तिमी हुन्छेउ,सार्ने ठाउँ कोही थिएन
निचोरिकन मलाई गयौ,बार्ने बरखि कोही थिएन । 

सोच्थेउ अर्की छे मनमा मेरो,पालेउ गोमन सधैं भरी
तर समाती तिन्को हात,टार्ने तिमीलाई कोही थिएन।

बोले सत्य तिम्लाई जित्न, ठानेउ कम्जोरी मेरो
युधिस्थिर रोये मेरो खालमा, हार्ने मजती कोही थिएन। 

मन मैइनझै पग्लिरह्यो, ढुङ्गा बन्न खोजी नै रहे,
आफ्ना नै काफी हुन्छन, मार्ने पराइ कोही थिएन।

पाइला नचालेको होइन, विश्वाशको उचाइमा पुग्छु भनी
तिम्रो कृपाले पातलमा बज्रे, झार्ने अरु कोही थिएन।

No comments:

Post a Comment