Monday, November 22, 2010

And my time passes by



Filled with vacuum among people with slogan
Thirsty deep down although in the mid ocean
Quenchers ignore me, leaving mid-sun on my head 
Alas! goes all day, and my time passes by.

My dreams, free as birds, takes me to my love
With shattered dreams, I wake up, as passes the mob
Hoping the wall falls and we reunite forever
Alas! goes whole night, and my time passes by.

Saturday, October 9, 2010

मुसुक्क



राम्री देखि  घुर्दा मोरी  नपसार चोसो,
ओठ तिम्रो देखिन्छ तब केराको कोसो!!

एसो हाम्रो नि कुरा बुझ्नु  मुसुक्क हासिदिनु,
गाली गर्दा ठेल्दिउझैँ लाग्छ तिम्रो मुखमा ठोसो !!

तिम्लाई पाउन बैंक लुट्छु जेल जान्छु बरु,
स्विकर्नेछु  हासी हासी तिम्रो प्रेम को मोसो !!

रानी बनाएर राख्छु तिम्लाई खानु सुत्नु खानु,
फाल्छु तलाई टुकुचामा ज्यानमा थपे बोसो !!

Sunday, September 26, 2010

नशा


आज पहिलो पल्ट म एक्लै बसेर पिउदै छु,
प्रेमको प्यासी आत्मा बोकी एक्लै जिउदै छु !

पसले समाजहरु मेरो आँसु पनि बेचिदेओ,
कुना पसी पिडा हरु एक्लै बसी सिउदै छु !

मेरा कुरा गफ लाग्ने आदरणीय साथी हरु,
बोल्न छोडदेओ म संग,म  एक्लै जिउदै छु !!!!

Written: Sept 26, 2010

Sunday, September 19, 2010

तँ


जब मलाई तँ  चाहिन्थ्यो, तँ  कहिले त्यहाँ थियेनस;
घसिनु पर्ने आफै भयो, तँ  कहिले त्यहाँ खियेनस

मन मनै ठानिसके  फर्किन्छु म आफ्नै गूंडमा,
मेरो प्रेमको अमृत तैले  बिख सम्झी कहिले पियेनस.

गालि गरिस, ताण्डव देखायिस, रोयिस् पनि मेरो सामु,
मेरो जस्तो फकिरको जिन्दगि तर तैले कहिले जियेनस .

Wednesday, June 23, 2010

पिडा


सोचे सधैं तिमी हुन्छेउ,सार्ने ठाउँ कोही थिएन
निचोरिकन मलाई गयौ,बार्ने बरखि कोही थिएन । 

सोच्थेउ अर्की छे मनमा मेरो,पालेउ गोमन सधैं भरी
तर समाती तिन्को हात,टार्ने तिमीलाई कोही थिएन।

बोले सत्य तिम्लाई जित्न, ठानेउ कम्जोरी मेरो
युधिस्थिर रोये मेरो खालमा, हार्ने मजती कोही थिएन। 

मन मैइनझै पग्लिरह्यो, ढुङ्गा बन्न खोजी नै रहे,
आफ्ना नै काफी हुन्छन, मार्ने पराइ कोही थिएन।

पाइला नचालेको होइन, विश्वाशको उचाइमा पुग्छु भनी
तिम्रो कृपाले पातलमा बज्रे, झार्ने अरु कोही थिएन।

Friday, June 4, 2010

गजल लेख्ने पहिलो प्रयास


जांदै छु म अर्कै गल्ली भट्टि भएर, 
आफ्नी प्रिया सँग बोली कट्टी भएर । 

पिउन रोक्ने छैन याद नमेटिये सम्म, 
अाउन् बरु समाज तिम्रो पट्टी भएर । 

अहमले अन्धो तिमी घाइते देखिनौ, 
तिम्रा शब्द आउन थाले झट्टी भएर ।

धनी छेउ अरु खोज छोडिदेउ मलाई,
स्विकार छैन बाँच्न तिम्रो गट्टी भएर ।