Sunday, September 26, 2010

नशा


आज पहिलो पल्ट म एक्लै बसेर पिउदै छु,
प्रेमको प्यासी आत्मा बोकी एक्लै जिउदै छु !

पसले समाजहरु मेरो आँसु पनि बेचिदेओ,
कुना पसी पिडा हरु एक्लै बसी सिउदै छु !

मेरा कुरा गफ लाग्ने आदरणीय साथी हरु,
बोल्न छोडदेओ म संग,म  एक्लै जिउदै छु !!!!

Written: Sept 26, 2010

Sunday, September 19, 2010

तँ


जब मलाई तँ  चाहिन्थ्यो, तँ  कहिले त्यहाँ थियेनस;
घसिनु पर्ने आफै भयो, तँ  कहिले त्यहाँ खियेनस

मन मनै ठानिसके  फर्किन्छु म आफ्नै गूंडमा,
मेरो प्रेमको अमृत तैले  बिख सम्झी कहिले पियेनस.

गालि गरिस, ताण्डव देखायिस, रोयिस् पनि मेरो सामु,
मेरो जस्तो फकिरको जिन्दगि तर तैले कहिले जियेनस .