धुर्मुस सुन्तली फाउन्डेसनले नमुना एकीकृत बस्ति बनाएर नेपाली हरु लाइ सहयोग गरेको सर्ब बिधित नै छ | अरबौ रुपैया भएको सरकारले दुइ वर्षमा एउटा घर पनि ठडयाउन नसकेको बेला खल्तीमा सुको नाभाकाले करिब करिब दस करोड लागतको तिन ओटा बस्ति निर्माणमा लागिरहेका छन्, जस मध्ये दुइ ओटा सम्पन्न भैसकेको छ | उक्त बस्ति निर्माणको लागि संसार भरि रहेका नेपालीहरुले योगदान दिएका छन् | येसरी नै योगदान दिने नेपाली हरु मध्ये एक जानासंग मेरो भेट भयो जसले सारै चित्त दुखाएका छन् | उनीहरुको गुनासो तपाइँहरु सामु प्रस्तुत गरेको छु :
उक्त महानुभाब हुनुहुन्छ श्री प्रचार प्यासी उर्फ "देखावटी" | देखावटीजी अमेरिका आउनु भएको पाच वर्ष भएछ | तल्लो बाटोबाट छिरेर मास्तिर आउनुभाको प्यासी जीले सिधै क्यालिफोर्निया हानिएर असाइलम ठोक्नु भो र हरियो हुनु भाको रहेछ | हरियो भाको लगत्तै नेपालबाट परिवार झिकाएर अहिले डल्लास तिर बसोबास गर्दै हुनुहुन्छ | परिवार झिकाई सकेपछि किस्तामा लेको घरको लिविंग रुममा किस्तामा लेको सोफामा बसेर किस्तामा लेको मोबाइल र किस्तामै लेको टिवी हेर्दै फेसबुकमा फोटो अपलोड गर्ने लत लागेको दुइ वर्ष भैसकेको रहेछ | दिनहु जस्तो फेसबुकमा टल्केको गाडी, नेपालबाट बुढी लाइ झिकाको साडी, कुखुराको मासु र बिदेशी ताडी, गोल्ड प्लेतेड़ घडी लगाको नाडी र बेल्जियममा बनेको अनि लिविंग रुममा राखेको राडीको फोटो अपलोड नगरे निद्रै नलाग्ने रोगबाट सुरु भाको लत आजकल अपलोड गरेको फोटोमा तिस लाइक र पन्ध्र कमेन्ट नआइ निन्द्रै नलाग्ने भैसकेको रहेछ | सोचे जति लाइक र कमेन्ट नआइरको बेला नेपालमा ठ्याक्क भुइचालो गयो| घरका मान्छे सकुसल छन् भन्ने थाहा भैसके पछि प्यासीजीले येसो फेसबुक हेर्दा धुर्मुस सुन्तलीले पैसा उथाइराको देख्नु भएछ | त्येस्माथि झन् तिनीहरुले त तिनका फेसबुक पेजमा सहयोग गरेको रकम सहित् खुलाएर फोटो पनि राख्दिने ! प्यासी जी लाइ त् "के खोज्छस कानो ? आखो ! " भनेजस्तै भैगो ! अनि त तुरुन्तै प्यासीजीले वेस्टर्न युनियनबाट कडक नगद र फेसबुकबाट घर अगाडी सपरिवार बसेको फ्यामिली फोटो फ़ोउण्डेसनलाइ पठाई हाले !
तर आज पैसो पठाको दुइ महिना भैसक्यो, तर फ़ोउण्डेसनले फेसबुकमा फोटो राखेको छैन | त्यो फोटो सेयर गरौंला र बयासी लाइक आउला भनेर सोचेका बुढाको सपना हुरीले उडाए झैं भैसक्यो! लौन कसैले धुर्मुस सुन्तलीलाइ चिनछन् भने यो कुरो भन्दिन पर्यो - देखावटी जी सारै बैरागी भैसके - हरे धुर्मुस सुन्तली? त्येस्तो नी गर्ने हो त?
[ यो ब्लग पूर्णतया हास्य र मनोरंजनको लागि तपाइँहरु सामु आएको छ। नेपाल लगायत बिश्वमा भैरहेको ताजा घटनालाई आधार बनाएर त्येही समाचारलाई थोरै ( जेरी जत्ती मात्रै ) बटार-बटुर पारेर मनोरंजनको रूपमा प्रस्तुत गरिने छ। आशा छ तपाइँहरुले मन पराइदिनु हुनेछ !]

____________________________________________________________________________