Saturday, October 9, 2010

मुसुक्क



राम्री देखि  घुर्दा मोरी  नपसार चोसो,
ओठ तिम्रो देखिन्छ तब केराको कोसो!!

एसो हाम्रो नि कुरा बुझ्नु  मुसुक्क हासिदिनु,
गाली गर्दा ठेल्दिउझैँ लाग्छ तिम्रो मुखमा ठोसो !!

तिम्लाई पाउन बैंक लुट्छु जेल जान्छु बरु,
स्विकर्नेछु  हासी हासी तिम्रो प्रेम को मोसो !!

रानी बनाएर राख्छु तिम्लाई खानु सुत्नु खानु,
फाल्छु तलाई टुकुचामा ज्यानमा थपे बोसो !!