Sunday, September 6, 2009

सानो प्रयास


रात को नीद सबै मेरो तिम्रै तिर गैसकेछ,
तिमी संग टाढा भाको साचै धेरै भैसकेछ।
कुरनै पर्ने नियति यो समयले नै सिर्जेको हो,
सम्झौता गर्दा गर्दै खुसी थन्कि रैसकेछ।

एक छाक खाऊला बरु - बस्छ्येउ त बास् आकास मुनि?
बनाउदै छु घर भन्थे धमिरा ले भित्रै भ्यैसकेछ।
रात को नीद सबै मेरो तिम्रै तिर गैसकेछ,
तिमी संग टाढा भाको साचै धेरै भैसकेछ।

साथ त छदै छ नि भनी थालें संगाल्नालाई,
बल्ल थाहा हुना थाल्यो मृत्यु ले त च्याईसकेछ।
रात को नीद सबै मेरो तिम्रै तिर गैसकेछ,
तिमी संग टाढा भाको साचै धेरै भैसकेछ।